कोरोना पुष्टि भएका युवकको अवस्था गम्भीर, क्रिमसन अस्पताल सिल

जेठ ६, भैरहवा । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएका युवक गुल्मीको मदाने गाउँपालिका ६ का स्थायी बासिन्दा रहेको पाइएको छ । रुपन्देहीको क्रिमशन अस्पतालमा उपचाररत ती युवकको पिसिआर परीक्षणका लागि यही जेठ २ गते स्वाब सङ्कलन गरी भैरहवास्थित प्रयोगशाला ल्याइएको थियो । सङ्कलित स्वाब परीक्षण गर्दा पोजिटिभ पाइएको प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले बताए । पेसाले शिक्षक रहेका ती युवक केही समयदेखि जन्डिस रोगबाट ग्रसित रहेको पारिवारिक स्रोतले बताएको छ ।

उनी जेठ १ गते जन्डिसकै उपचारका रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पताल आएका थिए । जण्डिसको औषधि खाइरहेका उनलाई अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय मेडिकलमा देखाइएको थियो । त्यहाँबाट उपचारका लागि मोटरसाइकलमा सन्धिखर्क पु¥याइयो । सन्धिखर्क पु¥याएर त्यहाँ रहेको छायाँ पोलिक्लिनिकमा पनि सामान्य चेकजाँच गरिएको थियो । तर अवस्था थप जटिल बनेपछि एम्बुलेन्स खोजेर सीधै रुपन्देहीको क्रिमसन अस्पताल ल्याइएको थियो ।
जेठ १ गते क्रिमसन अस्पताल ल्याइएका उनलाई तत्कालै आइसियूमा राखेर उपचार सुरु गरिएको थियो । आफन्तले जन्डिसको बिरामी बताएको र ज्वरो पनि नआएकाले सुरुमा कोरोना आशङ्का नगरी अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रशासन प्रमुख मनमोहन भट्टराईले बताए । चिकित्सकहरूले भने एक्युट इन्सेफ्लाईटिस सिन्ड्रोम देखिएको र निमोनिया भएको भन्दै दुईदिन आईसियूमा राखेर उपचार गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply