पोखरामा तीनसहित गण्डकीमा २४ जनामा कोरोना

साउन २४, पोखरा । पोखराका तीन जनासहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा कास्कीमा तीन जना स्याङ्जाका सात जाना, म्याग्दीका एक र बाग्लुङका १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै गण्डकीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ६११ पुगेको छ । गत २४ घन्टामा क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको कुल ७८२ नमुना परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २४ जना सङ्क्रमित थपिएको निर्देशनालयले जनाएको छ । सङ्क्रमितमध्ये बाग्लुङका सङ्क्रमितहरू महोत्तरी जिल्लाबाट आएका हुन् भने अन्य जिल्लाका व्यक्तिहरूमध्ये पोखरा महानगरपालिका १७ र बेनी(४ का भारतबाट र बाँकी व्यक्तिहरू सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका हुन् ।

संम्बन्धित समचार

Leave a Reply