पछिल्लो २४ घण्टामा भारतमा विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित थपिए

साउन ३०, काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्। बिहीबार त्यहाँ ६४ हजार १४२ नयाँ संक्रमित थपिएका छन् । यो संख्या कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुको सूचीको शीर्ष र दोस्रो स्थानमा रहेका अमेरिका र ब्राजिलमा थपिएका नयाँ संक्रमितभन्दा बढी हो । योसँगै भारतमा संक्रमितको कुल संख्या २४ लाख ५९ हजार ६१३ पुगेको छ । भारतमा संक्रमणमुक्त हुनेको संख्या पनि बढिरहेको छ । बिहीबार ५४ हजार ७७६ जना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या १७ लाख ५० हजार ६३६ पुगेको छ ।

यस्तै, पछिल्लो समयमा त्यहाँ १ हजार ६ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ हजार १४४ पुगेको छ । त्यहाँ अब ६ लाख ६० हजार ३०० भन्दा बढी सक्रिय संक्रमितको उपचार चलिरहेको छ । उता, पछिल्लो २४ घण्टामा ब्राजिलमा ५४ हजार ४०२ र अमेरिकामा ५३ हजार ६२६ जना कोरोना संक्रमित भेटिएका छन् । ब्राजिलमा कोरोनाबाट थप १ हजार २०० को मृत्यु भएसँगै मृतकको संख्या १ लाख ५ हजार नाघेको छ। यस्तै, अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार २२१ जनाको मृत्युसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार ३०० नाघेको छ । अमेरिकामा उपचाररत २४ लाख १० हजार ६६० जना सक्रिय संक्रमितमध्ये १७ हजार ३३५ जनाको स्वास्थ्य अवस्था जटिल रहेको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ। यस्तै, ब्राजिलमा सक्रिय संक्रमितको संख्या ७ लाख ६२ हजार ७७३ छ। जसमध्ये ८ हजार ३०० भन्दा बढीको अवस्था गम्भीर छ ।

संम्बन्धित समचार

Leave a Reply