भारतमा थप ७३ हजारमा कोरोना संक्रमण

असोज २४, काठमाडौं । भारतमा थप ७३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७३ हजार १९६ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६९ लाख ७७ हजार ८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५९ लाख ८५ हजार ५०५ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ८४ हजार ५३ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ७ हजार ४५० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९२९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply