उपत्यकामा जोरबिजोर प्रणाली उल्लंघन गर्ने बढ्दै

असोज २६, काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली उल्लंघन गर्ने एक हजार २१ सवारीसाधनलाई कारवाही गरेको छ । हिजो नियन्त्रणमा लिएका सवारीसाधनमध्ये ८४९ दुई पाङ्ग्रे र १७२ वटा ४ पाङ्ग्रे सवारीसाधन छन् ।

जोरबिजोर प्रणाली उल्लंघन गरेको आरोपमा शनिबार काठमाडौं उपत्यकाबाट ९५७ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 

संम्बन्धित समचार

Leave a Reply