थाक्रे आग्रा खोलाका १८ बर्षे युवकलाई ब्लड क्यान्सर : आर्थिक सहयोगको लागी हार्दिक अपिल !

पुस ८, महादेवबेशी । ओखलढुंगा निवासी हाल धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नम्बर ६ महादेवबेशी आग्रा खोलामा बस्दै आएका १८ बर्षका युवकलाई आर्थिक सहयोगको लागी अपिल गरिएको छ । बिष्णु आले मगरको छातिमा मासु पलाएर आइसियुमा भर्ना गरिएको र रिपोर्टमा ब्लड क्यान्सर देखिएकोले ३ महिना देखि टिचिङ हस्पिटल बेड न ६१४ बि मा भर्ना गरेर उपचार भइरहेको र डाक्टरले उपचार खर्च १५ लाख लाग्ने भनिएको र परिवारको आर्थिक अवस्था कमजोर रहेकोले आर्थिक सहयोगका लागी अपिल गरिएको छ ।

बिगत ३० बर्ष देखि सम्पूर्ण परिवार आग्रा खोलामा मजदुरी काम गरेर जिबिको गर्दै आएको साथै उपचार गर्न आर्थिक अभाव भएकाले सम्पुर्णमा सहयोग गरि दिनुहुन परिवारजनले अनुरोध गरेको छ ।

तपाइँहरूको सानो सहयोगले कसैले पुन जीवन जिउने मौका पाउने छ ।
सम्पर्क व्यक्ति -संगिता राई आले मगर -9818754146 (बिरामिको भाउजु)
बैक खाता नम्बर -1660102162300001 कुमारी बैक महादेवबेसि शाखा धादिङ

संम्बन्धित समचार

Leave a Reply