प्रचण्ड–माधव पक्षको चरणबद्ध आन्दोलन : काठमाडौंको माइतिघरमा धर्ना सुरु !

माघ १४, काठमाण्डौ । प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको नेकपाको प्रचण्ड–माधव पक्षले बुधबारदेखि काठमाडौंको माइतिघरमा धर्ना सुरु गरेको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार नेकपा प्रचण्ड–नेपाल समूह माइतीघरमा धर्नामा बसेका हुन् । असंवैधानिक रुपमा संसद विघटन गरिएको भन्दै त्यसको विरोधस्वरुव एकसातासम्म धर्नामा बस्ने नेकपा सो पक्षका नेतृ पम्फा भूषालले बताईन् ।

धर्ना कार्यक्रममा संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सभा सदस्यहरु सहभागी छन् । संविधानले प्रतिनिधिसभा विघटनको कल्पना नै नगरेको जिकीर गर्दै आएको नेकपाले संसद जीवित छ भन्ने सन्देश दिने उद्देश्यले धर्नाको आयोजना गरेको भूषालले बताईन् ।

 

संम्बन्धित समचार

Leave a Reply