बजेट मस्यौदा लेखन अन्तिम चरणमा, जेठ १५ मा नै आउने !

जेठ ५, काठमाण्डौ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८।७९ को बजेट मस्यौदा लेखन अन्तिम चरणमा पुगेको जनाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोभिडको रोकथाम, नियन्त्रण र उपचारलाई प्राथमिकता राखेर बजेट ल्याउने तयारी गरेको छ ।

यो वर्ष झन् विश्वमै नयाँ भेरियन्टको कोरोना भाइरस कोभिड–१९ को महामारी देखिएको र यसले विश्वलाई नै ठुलो आर्थिक प्रभाव पारेको अवस्थामा कोभिडको रोकथाम, नियन्त्रण र उपचारलाई प्राथमिकता राखेर बजेट ल्याउने तयारीमा रहेको अर्थ मन्त्रालयका प्रवक्ता तथा सूचना अधिकारी महेश आचार्य जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply