तपाईलाई परेको सीईडीबी हाइड्रोपावरको आईपीओले ओपनिङ रेन्ज कति पाउला ?

जेठ ८,काठमाडौं । सीईडीबी हाइड्रोपावर कम्पनी लिमिटेडले दोस्रो बजारमा पहिलो कारोबारको लागि ओपन रेञ्ज कति पाउँला भन्ने प्रश्न आम सबैलाई छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेबाट १३८ दशमलव ७९ देखि ४१६ दशमलव ३७ सम्म ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको पछिल्लो वास्तविक प्रतिशेयर नेटवर्थ १३८ दशमलव ७९ रहेको छ । सोही कारण नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गरेकाले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको प्रतिशेयर नेटवर्थ गत आवको अन्त्यसम्म १३८ दशमलव ७९ रहेको छ । सोही आधारमा नेप्सेले पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्दछ ।

उक्त कम्पनीले गत वैशाख २७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ५० हजार ३६५ कित्ता कर्मचारीको लागि र १ लाख २५ हजार ९११ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता आईपीओ सर्वसाधारणले आवेदन दिएका हुन् । जसमा १६ लाख ३७ हजार ६५९ जनाको योग्य आवेदन परेको थियो ।

संम्बन्धित समचार

Leave a Reply