‘जनताको जीवन रक्षा नै सरकारको मुख्य प्राथमिकता हो’ : प्रधानमन्त्री ओली

असार २७, काठमाण्डौ । प्रधानमन्त्री के पी शर्मा ओलीले जनताको जीवन रक्षा सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन् । वीर अस्पतालस्थित कोभिड १९ युनिफाइड केन्द्रिय अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कोभिड विरुद्धको लडाइमा जनताको जीवनलाइ प्राथमिकतामा राखेर काम गरिएको बताए ।

स्वास्थ्य सुविधाको न्यनुतम उपलब्धताका बाबजुद महामारी नियन्त्रणमा धैरै हदसम्म सफल भएको भन्दै प्रधानमन्त्री ओलीले कोभिडलाइ पुर्ण रुपमा हराउन स्वास्थ्य सजगता पालना गर्न सबैमा आग्रह गरे । थप खोप आपुर्तिका लागि अन्य देशहरुसँग संवाद र सम्झौता जारी राख्नेकाले खोपको आपुर्ति अब निरन्तर हुने भन्दै प्रधानमन्त्री ओलीले सबै नेपालीलाइ जतिसक्दो चाडो खोप उपलब्ध गराउने प्रतिबद्धता गरे ।

संम्बन्धित समचार

Leave a Reply