इन्डोनेसियाको जेलमा आगलागी, ४१ को मृत्यु, दर्जनौ घाइते

भाद्र २३,काठमाडौँ । इन्डोनेसियाको राजधानी जकार्ताको बाहिरी इलाकामा एक जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।

टेंगरेंग जेलमा यो दुर्घटना बुधबार बिहान १ देखि दुई बजेबीच भएको हो । त्यतिबेला धेरैजसो कैदी सुतिरहेका थिए ।

जेलको ब्लक सीमा आगो लागेको थियो जसमा १२२ कैदी राखिएका थिए जबकी यसको क्षमता ४० जनाको मात्रै हो ।

यी कैदी लागुऔषधसँग सम्बन्धित मामिलाका कारण बन्द थिए । यो दुर्घटना दर्जनौं घाइतेसमेत भएका छन् । उनीहरुलाई आइसीयूमा भर्ना गरिएको छ ।

जेलकी प्रवक्ता रिका अप्रियान्टीले आगलागीको कारणबारे पत्ता लगाउन अनुसन्धान थालिएको जानकारी दिइन् ।

संम्बन्धित समचार

Leave a Reply