नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुद्धनगरमा सुरु

असोज ५, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुद्धनगरमा सुरु भएको छ । नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीको यो पहिलो केन्द्रीय कमिटी बैठक हो ।

यसअघि ८ भदौमा पनि केन्द्रीय कमिटी बैठक बसेको थियो । तर त्यसबेला एकीकृत समाजवादीले वैधानिकता पाएको थिएन । बुद्धनगरस्थित क्वालिटी ब्वांक्वेटमा शुरु भएको बैठकमा पार्टी गतिविधिको समीक्षा, पार्टी एकता, चुनाव चिन्ह लगायतबारे छलफल हुने प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले बताए ।

संम्बन्धित समचार

Leave a Reply