ईपीएलमा आज दुई खेल हुँदै

असोज ११, काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दुई खेलहरु हुँदैछन् ।

टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स-११ र विराटनगर वारिवर्स भिड्ने छन् । काठमाडौं र विराटनगरबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं लगातार दोस्रो जित निकाल्न चाहन्छ । काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो ।

करण केसीको कप्तानीमा मैदान उत्रने विराटनगर भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा विराटनगर चितवन टाइगर्ससँग पराजित भएको थियो ।

यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । भैरहवा र चितवनबीचको खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।

शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा पहिलो जित निकाल्न चाहन्छ । वर्षाको कारण पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो ।

चितवन लगातार दोस्रो जित निकाल्न चाहन्छ । चितवनले पहिलो खेलमा विराटनगरलाई हराएको थियो ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply