घरेलु मैदानमा रियल पराजित

असोज १३, काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिड पराजित भएको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा रियल मोल्डेभाको एफसी सेरिफसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा करिम बेन्जिमाले एक गोल गरेपनि १३ पटकको च्याम्पियन रियल पराजित भएको हो । खेलको २५ औं मिनेटमा जासुरबेक याख्सिबोभले गोल गर्दै सेरिफलाई असुरुवती अग्रता दिलाएका थिए ।

खेलको ६५ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा फर्काए । तर, खेलको ८९ औं मिनेटमा सेबास्टियन थिलले गोल गर्दै सेरिफलाई २-१ को जित दिलाए ।

यस जितसँगै समूह डी को सेरिफले २ खेमा ६ अंक जोडेको छ । र, शीर्ष स्थानमा रहेको छ । रियल ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा इन्टर मिलानले शाख्तर डोनेक्ट्ससँग गोलरहित बराबरी खेलेको छ । इन्टर १ अंक जोडेर तेस्रो र शाख्तर १ अंक जोडेर पुछारमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply