सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली नजाने

असोज १४, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नजाने भएका छन् ।

संसद्को गतिरोध अन्त्यको लागि छलफल गर्न देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । उक्त बैठकमा अध्यक्ष ओली नजाने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । भट्टराईले भने, ‘अध्यक्ष ओली नजाने भएपछि अरु जानुको औचित्य छैन् । त्यसैले कोही पनि बैठकमा सहभागी हुँदैनौं ।’

सर्वदलीय बैठकमा नेकपा एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निमन्त्रणा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एमालेले यसअघि सभामुखले आयोजना गरेको सर्वदलीय बैठक पनि बहिस्कार गरेको थियो ।

संम्बन्धित समचार

Leave a Reply