‘अझै चलखेल गरे ओलीलाई राजनीतिबाटै बाहिर निकाल्छौ’

असोज २३, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै चलखेल गरे एमाले अध्यक्ष केपी ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिएका छन् । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

ओलीले आफू र आफ्नो पार्टीलाई धोका दिएका कारण बालुवाटारबाट बालकोट पु¥याएको पनि बताए । प्रचण्डले ओलीकै घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुमेको र २÷४ दिनमा बागमती र प्रदेश १ बाट ओलीको सरकार गुम्ने दावी गरे ।

हिन्दीमा भाषण गरेका प्रचण्डले मधेसी जनताको अधिकारका लागि आफू संघर्षरत रहेको भन्दै उनले मधेसी जनता आफ्ना प्रेमिका भएको र कहिलेकाहीँ भिलेन आएर प्रेमलाई तोड्न खोजेपनि निरन्तर उनीहरुकै अधिकारका लागि लडिरहेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कृषि र रोजगारीलाई प्राथमिकता दिएर प्रदेश सरकारले बजेट ल्याएकाले कृषिलाई प्राथमिकता दिएर कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply