बलात्कार आरोपमा कार्गो व्यवसायी अधिकारी पक्राउ

कात्तिक २२, काठमाडौं । कार्गो व्यवसायीहरुको छाता संगठन फ्रेट फरवार्डस् संघ (नेफा) का अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त, कमलपोखरीको टोलीले उनलाई ठमेलबाट पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार जबरजस्ती करणी सम्बन्धी कसूरमा कमलपोखरी प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि उनलाई पक्राउ गरिएको हो ।

उनीमाथि १६ वर्षीया किशोरीलाई करणी गरेको अभियोग छ । जिल्ला अदालत, काठमाडौंबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं सिंहले बताए।

प्रहरीका अनुसार अधिकारीले ८ कात्तिकमा पीडित किशोरीलाई रातोपुलस्थित एक रेष्टुरेन्टमा बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

कमलपोखरी प्रहरीका एक अधिकृतका अनुसार पीडित बालिकाको घाउजाँच, बयान र घटना भएको भनिएको स्थानको वस्तुस्थिति बुझ्ने काम भइरहेको छ ।

 

 

संम्बन्धित समचार

Leave a Reply