प्रधानन्यायाधीश जबरा कुनैपनि इजलासमा बसेनन्

कात्तिक ३०,काठमाडौँ । विवादबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज (मंगलबार) आफूलाई इजलासमा राखेका छैनन् । सर्वोच्च अदालतको दैनिक पेसी सूचीमा १० वटा इजलास छन्, तीमध्ये कुनै पनि प्रधानन्यायाधीश जबरा छैनन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा नहेर्ने घोषणा गरे पनि दैनिक पेसी सूचीमा विभिन्न मुद्दालाई समेटिएको छ । मंगलबारका लागि कुल २७९ मुद्दा पेसीमा राखिएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा मागेर बार एशोसिएसनले इजलास बहिष्कारको घोषणासहित आन्दोलन गर्दै आएको छ । बारले प्रधानन्यायाधीश जबराको राजीनामा नै विद्यमान समस्याको एकमात्र निकास भन्दै आएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply