प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिदै

मंसिर १, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिदै छन् । आज बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।

यसअघि हिजो मुख्यमन्त्री राईले विश्वासको मत लिने तयारी गरे पनि नेकपा (एमाले)का सांसद उपस्थित नभएपछि प्रदेशसभा बैठक स्थगन भएको थियो । बन्दका कारण बैठकमा आफ्ना सांसदहरू सहभागी हुन नपाउने भन्दै एमालेले बैठक स्थगनको माग गरेको थियो ।

सभामुख प्रदीपकुमार भण्डारीले तोकिएको समयभन्दा दुईघण्टा ढिलोगरी बैठक सुरु गर्दै बुधबार साढे ११ बजेसम्मका लागि बैठक स्थगन गरेका हुन् । सभामुख भण्डारीले सदनमा विपक्षी सांसदहरूको उपस्थित भएको नदेखिएकाले बुधबार बस्ने बैठकमा अनिवार्य उपस्थित हुन रुलिङ गर्दै बैठक स्थगन गरेका थिए ।

९३ सदस्य रहेको प्रदेशसभामा पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । राईलाई बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग ४० र राप्रपासँग एक सांसद छन् ।

संम्बन्धित समचार

Leave a Reply