कलंकीको मायाज भेन्यु एण्ड रेष्टुरेण्टमा विवाह भोजमै अखाद्य पदार्थ बिक्रि,सरकारी निकायले मार्यो छापा

मंसिर २२,काठमाडौँ । काठमाडौँको लाम्पाटीस्थित मायाज भेन्यु एण्ड रेष्टुरेण्टले अखाद्य सामाग्री विक्रि गरेको पाइएको छ । बुधबार एक वैवाहिक कार्यक्रममै मायाज भेन्युले मासु लगायत खानेकुरा बासी र गुणस्तरहिन खुवाएको पाइएको हो । पार्टीमा खानेकुरा नै गन्हाउने र अखाद्य पाइएपछि पिडितले प्रहरीलाई खबर गरेका थिए ।

सो क्रममा प्रहरीले मायाज भेन्युमा छापा मारेको थियो भने खाद्य प्रविधि तथा गुण नियान्त्रण विभागको टोली र बाणिज्य विभागको टोलीले निरिक्षण गरेको थियो । निरिक्षणको क्रममा अन्य खाद्य सामाग्रीसमेतको म्याद नाघेको भेटिएको थियो । बाणिज्य विभागका निरिक्षण अधिकृतका अनुसार भेन्युमा रहेको स्प्राइट,रियल जुस, बिएमसी मसलामा म्यदा सकिएको पाइएको थियो भने चाउमिनमा लेभल नभएको पाइएको छ ।

भेन्युमा निरिक्षण गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत सन्तोष ढकालले भेन्युलाई प्रकृति हेरेर १० हजार देखि ५० हजार रुपैयासम्म जरिवाना र पाँच बर्षसम्म जेल सजाय हुन सक्ने बताए । उनले प्रयोगशालामा परिक्षण गरेर पुष्टि भएपश्चात कानुनी प्रक्रिया अघि बढ्ने बताए ।

संम्बन्धित समचार

Leave a Reply