टेलिकमको एनजीएन प्रविधि आगामी वर्षभित्र सञ्चालनमा आउने

मंसिर २८, काठमाडौँ । नेपाल टेलिकमले आगामी आर्थिक वर्षभित्र एनजीएन (नेक्स्ट जेनरेसन नेटवर्क) प्रविधि सञ्चालनमा ल्याउने भएको छ । दूरसञ्चार सेवामा अत्याधुनिक मानिएको यो प्रविधि सञ्चालनमा आएपछि आधारभूत टेलिफोनको एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन, केबुल टेलिभिजन प्रयोग गर्न सकिन्छ ।

टेलिकमको आधारभूत टेलिफोन निर्देशनालयका निर्देशक विष्णुप्रसाद कसजुका अनुसार तीन वर्षभित्र १ हजार ८६ एन्सेस गेवटे मार्फत देशभरि सेवा विस्तार गरिनेछ । टेलिकम सञ्चालक समितिले गत वर्ष एनजीएन प्रविधि भित्र्याउने निर्णय गरेको थियो । आगामी आवभित्र सेवा सञ्चालन गर्नेगरी काम भइरहेको टेलिकम आधारभूत निर्देशनालयले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार तीन चरणमा सेवा विस्तार हुनेछ । पहिलो चरणमा ३ सय ३६ एक्सेस गेटवे मार्फत सेवा सुरू गरिने निर्देशक कसजुुले बताए । टेलिकमले एनजीएन प्रविधिको उपकरण खरिदका लागि गत सेप्टेम्बरमा बोलपत्र आह्वान गरेको थियो । प्रतिस्पर्धामा चीनका दुई कम्पनी हुवावे र जेडटीई, फिनल्यान्डको सिम्यान्स र भारतको युटीस्टार गरी चार कम्पनी सहभागी भएका थिए । बोलपत्र पेश गरेका कम्पनीको मूल्यांकन प्रकृया अन्तिम चरणमा पुगेका निर्देशनालयले बताएको छ । मूल्यांकनपछि प्रतिस्पर्धामा रहेका कम्पनीको छनोट गरिने टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद विकेले बताए ।

यसअघि चिनियाँ कम्पनी जेडटीईलाई टेलिकमले कार्यकुशलताको प्रमाणपत्र दिएको विषयमा अख्तियारले छानबिन सुरु गरेपछि यो प्रकृया रोकिएको थियो । तर अख्तियारले मूल्यांकन प्रकृया जारी नरोक्न भनेपछि पुनः टेलिकमले प्रकृया सुरु गरेको हो ।

संम्बन्धित समचार

Leave a Reply