टेलिकमको एनजीएन प्रविधि आगामी वर्षभित्र सञ्चालनमा आउने

मंसिर २८, काठमाडौँ । नेपाल टेलिकमले आगामी आर्थिक वर्षभित्र एनजीएन (नेक्स्ट जेनरेसन नेटवर्क) प्रविधि सञ्चालनमा ल्याउने भएको छ । दूरसञ्चार सेवामा अत्याधुनिक मानिएको यो प्रविधि सञ्चालनमा आएपछि आधारभूत टेलिफोनको एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन, केबुल टेलिभिजन प्रयोग गर्न सकिन्छ । टेलिकमको आधारभूत टेलिफोन निर्देशनालयका निर्देशक विष्णुप्रसाद कसजुका अनुसार तीन वर्षभित्र १ हजार ८६ एन्सेस गेवटे मार्फत देशभरि सेवा विस्तार गरिनेछ । टेलिकम सञ्चालक समितिले गत वर्ष एनजीएन प्रविधि भित्र्याउने निर्णय गरेको थियो । आगामी आवभित्र सेवा सञ्चालन गर्नेगरी काम भइरहेको टेलिकम आधारभूत निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयका अनुसार…

पुरा पढ्नुहाेस्