बर्दियामा बस दुर्घटना, ३५ यात्रु घाइते दुई गम्भीर

माघ २०, काठमाडौँ । बर्दियाको बासगढी नगरपालिका ३ मा आज बिहान बस दुर्घटना हुँदा ३५ यात्रु घाइते भएका छन् ।  कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५३८२ नम्बरको बस आज बिहान सवा ३ बजे अनियन्त्रित भएर सडकदेखि अन्दाजी १५ मिटर तल पल्टिएको थियो ।

दुर्घटनामा घाइतेमध्ये कालिकोटको त्रिवेणी गाँउपालिका–६ की ११ वर्षीया शितला उपाध्याय र त्रिवेणी गाँउपालिका ७ की ६९ वर्षीया ओमना उपाध्यायको अवस्था गम्भिर रहेको छ । दुवैजनालाई उपचारका लागी कोहलपुर स्थित नेपालगंज मेडिकल कलेज पठाइएको इलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ ।

सामान्य घाइते भएका अन्य ३३ जनालाई उपचारका लागि स्थानीय कौशिल्या अस्पताल पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संम्बन्धित समचार

Leave a Reply