प्युठानमा जन्ती बोकेको जिप दुर्घटना, आठजनाको मृत्यु

माघ २२, काठमाडौ । प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिकाको लुङमा विवाह सकेर बेहुली लिएर गौमुखी गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५० ९२ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमध्ये पाँचजना महिला र तीन पुरुष रहेका जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । प्रहरीका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय एकै घरका बसन्त खड्का, उनकी श्रीमति बसन्ता खड्का, छोरी एलिशा खड्का रहेका छन् । त्यस्तै, सोही ठाउँकी केशरी खड्का, नन्दी खड्का, खिम खत्री, बले बुढा मगर रहेका छन् । एक जना लुङका व्यक्तिको पहिचान हुन सकेको छैन ।

बेहुला बेहुलीसहित पाँच घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बेहुला-बेहुली दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुमा नौबहिनी गाउँपालिका-६ किमिचौरकी बेहुली बनेकी रिमा जिसी, सोही ठाउँकी साबित्रा जिसी, गौमुखी गापा-६ का नरेश खड्का, बेहुला बेनका दान बहादुर खड्का र हरि बुढामगर रहेका छन् ।

जीप आज बिहान ३ बजे अनियन्त्रित भई सडकबाट झण्डै २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply