इङ्ग्लिस प्रिमियर लिग: लिभरपुल र क्रिस्टल प्यालेसले बराबरी खेले

साउन ३१,काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन्। उपाधि दाबेदार लिभरपुलले घरेलु मैदानमा गएराति भएको खेलमा क्रिस्टल प्यालेससँग एक–एक गोलको बराबरी खेलेको हो । खेलको दोस्रो हाफमा लिभरपुल १० खेलाडीमा समेटिएको थियो । क्रिस्टलका जोएचिम एन्डरसनलाई फल गरेपछि लिभरपुलका फरवार्ड डार्विन न्युनेजले रातो कार्ड पाएका थिए । खेलमा क्रिस्टल प्यालेसले सुरुवाती अग्रता बनाएको थियो । उसका विलफ्रिड जाहाले खेलको ३२औँ मिनेटमा गोल गरे । लिभरपुलका लुइस डियाजले खेलको ६१औँ मिनेटमा बराबरी गोल फर्काए । पहिलो खेलमा लिभरपुलले फुलह्यामसँग दुई–दुई गोलको बराबरी खेलेको थियो ।…

पुरा पढ्नुहाेस्