सुनकोशी नदीमा बेपत्ता भएका दुई जनाको शव भेटियो, एक जना अझै बेपत्ता !

जेठ २४, सिन्धुली । सुनकोशी नदीमा खसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको गाडी भित्र दुई वटा शव भेटिएको छ । सुनकोशी नदीमा खसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका कर्मचारी चढेको गाडीभित्र दुई जनाको शव भेटिएको हो । जेठ १९ गते मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिकाको –७ लौकुनबाट जिप सुनकोशी नदीमा खस्दा तीन जना कर्मचारी बेपत्ता भएका थिए । बेपत्ता हुनेमा सीटीईभीटीका प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय…

पुरा पढ्नुहाेस्

कैलालीमा गस्तीमा खटिएका प्रहरीको हत्या, एक जना अझै बेपत्ता

कार्तिक २, कैलाली । कैलालीमा गस्तीमा गएका प्रहरीको शव नदीमा फेला परेको छ । शनिबार राति मोटरसाइकलमा गस्ती गएका एक असई र एक जवानमध्ये एक जना मृत भेटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सूदुरपश्चिम प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहका अनुसार शनिबार राति असई गोविन्द बिक र जवान रामबहादुर साउद मोटरसाइकल गस्तीमा गएका थिए । तीमध्ये एक जनाको शव मोहना नदीको बीचमा देखिएको हो। उक्त शव असई वा जवान कसको हो भन्ने भन्ने पत्ता लागिसकेको छैन। प्रहरीले अहिले शव निकाल्ने तयारी गरिरहेको छ । दुईमध्ये एउको शव भेटिए पनि…

पुरा पढ्नुहाेस्

(अपडेट) बझाङमा पहिरोमा हराईरहेका ६ जनाको शव भेटियो, एक जना अझै बेपत्ता !

असार २०, बझाङ । बझाङमा गएराति पहिरोले डेढ दर्जन घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको छ । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको वडाध्यक्ष गणेश बोहराले बताए । वडाध्यक्ष बोहराका अनुसार पहिरोले पुरिएर ४४ वर्षीय राममती देवी जेठारा, उनका १२ वर्षीय छोरा प्रयाग जेठारा, १३ वर्षीया छोरी अस्मीता जेठारा, दले जेठारा, १५ वर्षीय सन्तु जेठारा र १५ वर्षीय शान्ति जेठाराको शव भेटिएको छ । २२ वर्षीय गिरी जेठाराको अवस्था अज्ञात रहेको वडाध्यक्ष बोहराले बताए ।

पुरा पढ्नुहाेस्

(अपडेट) गुल्मी पहिरोमा मृतकको संख्या तिन पुग्यो, एक जना अझै बेपत्ता

असार १९, गुल्मी । गुल्मीमा बाढी र पहिरोका कारण दुई जनाको ज्यान गएको छ । एक जना बेपत्ता भएका छन् । इस्मा गाउँपालिका १ अन्तर्गत निस्तीको ढाँडफाँटमा गएराति बस्ती माथिबाट पहिरो खस्दा मल्दीका १८ महिनाका बालक सुरज सारु र ढाँडफाँटकी ७ वर्षीया बालिका अपिच्छा खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंङ खड्काले जानकारी दिए । बालिकाकी आमा २८ वर्षीया इश्वरा खत्रीलाई भने ६ घण्टापछि स्थानीयले उद्धार गरेका छन् । बालिका पनि आमासँगै भागेकी थिइन् । पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटल बगाउँदा होटलमा बास बसेका मुसिकोट…

पुरा पढ्नुहाेस्