एनआईसी एशिया बैंकका ग्राहकले दराजमा अनलाइन किनमेल गर्दा रु. २५०० सम्म छुट

भाद्र २८, काठमाण्डौ । ग्राहकमैत्री योजनाहरु ल्याउँदै आएको एनआईसी एशिया बैंकले दसैँको उपलक्षमा दराज ई–कमर्सबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्यअनुरुप दराजसँग सम्झौता गरेको छ। यही भदौ २९ देखि आउँदो असोज ११ सम्मका लागि लागू हुने यस योजनाअनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा रु.२ हजारसम्मको छुट उपलब्ध हुनेछ र क्रेडिट कार्डमार्फत खरिद गर्दा २० प्रतिशत वा रु.२ हजार ५०० सम्मको छुट उपलब्ध हुनेछ। चाडपर्वलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहकलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न दराजसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो। आफ्नो…

पुरा पढ्नुहाेस्

एनआईसी एशिया बैंकका ग्राहकलाई यी अनलाइनबाट किनमेल गर्दा मिल्नेछ १५% छुट

बैशाख २०, काठमाण्डौ । एन आई सी एशिया बैंकले घरमै बसेर विभिन्न अनलाइनमार्फत वैशाख ३१ गतेसम्म अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५ सयसम्म नगद फिर्ता (क्यास व्याक)को योजना सार्वजनिक गरेको छ । नयाँ भेरियन्टको कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि भएको निषेधाज्ञामा विभिन्न अनलाइन माध्यमहरूले दैनिक रुपमा अत्यावश्यक सामग्रीहरू उपभोक्ताहरूको घरमै डेलिभरी गरिरहेको अवस्थामा बैंकले यस्तो योजना ल्याएको हो । बैंकले सस्तो डिल, ग्यापु, रिचार्जर, इन्फी स्टोर, खानपिन फूड र टुर्सबाट दैनिक अत्यावश्यक सामग्रीहरू खरिद गर्दा नगद फिर्ता प्राप्त गर्न सकिने व्यवस्था गरेको छ । नेपालमा कोरोना…

पुरा पढ्नुहाेस्

एनआईसी एशिया बैंकका ग्राहकलाई सामसुङ ग्यालेक्सी र नोटको खरिदमा विशेष छुट

माघ १५, काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेड र सामसुङ मोबाइलबीच एन आई सी एशिया बैंकका ग्राहकलाई सामसुङ ग्यालेक्सी एस १० र एस १० प्लस तथा सामसुङ ग्यालेक्सी नोट १० तथा १० प्लसको खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ। उक्त सम्झौता अनुसार एन आई सी एशिया बैंकका ग्राहकले बैंकको डेबिट–क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवा बैंकको आफ्नै पीओस र क्यूआरमा प्रयोग गरी सामसुङ ग्यालेक्सी एस १० र एस १० प्लस तथा सामसुङ ग्यालेक्सी नोट १० तथा १० प्लस खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत वा अधिकतम रु.…

पुरा पढ्नुहाेस्