कैलारी गाउँपालिकामा कांग्रेसका बागी उम्मेदवार विजयी

जेठ ५, धनगढी । कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनबाट कारबाहीमा परेका कांग्रेसका बागी उम्मेदवार विजयी भएका छन् । गठबन्धनको सिट बाँडफाँडमा माओवादी केन्द्रको भागमा परेको उक्त गाउँपालिकामा राजसमझ चौधरीले रुख चिह्नबाटै उम्मदवारी दिएका थिए । उम्मेदवारी फिर्ताको समयसम्ममा सहमति जुट्न नसक्दा उनको उम्मेदवारी कायम रहको थियो । उनले गठबन्धनका आधिकारिक उम्मेदवार माओवादीका लाजुराम चौधरीलाई चार हजार मतले पराजित गरेका हुन् । राजसमझले १० हजार ४ सय ९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४ सय ३० मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा कांग्रेसकी भागवती कुमारी चौधरी विजयी भएकी छन्…

पुरा पढ्नुहाेस्

लालझाडी–६ मा कांग्रेसको प्यानल नै विजयी

बैशाख ३१, महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका–६ को वडा अध्यक्षमा कांग्रेसका हर्कनारायण जोशी निर्वाचित भएका छन् । जोशीले ४६४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका फुलाराम चौधरीले ३४९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका जितबहादुर चौधरीले २६६ मत ल्याए । वडा सदस्यहरुमा पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । उक्त वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ ।

पुरा पढ्नुहाेस्

भरतपुरका कांग्रेस कार्यकर्ताले दिए सामूहिक राजीनामा

बैशाख ३, काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका भित्रका कांग्रेसका ५० जना नेता-कार्यकर्ताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिका १७ बेलुवामा कार्यक्रम स्वतन्त्र अभियानका लागि भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । स्थानीय नेता प्रकाश कँडेलको संयोजकत्वमा भएको कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहने गरी राजीनामा गरेका छन् । राजीनामा घोषणा गर्नेमा पूर्व वडाध्यक्ष, पार्टीका पूर्व वडा सभापतिहरू पनि छन् । पार्टीले अमेरिकी सहयोग परियोजना (एमसिसी) पास गरेको, निजीकरणको नाममा सरकारी कलकारखानाहरू बेचेको, सीमा विवादमा मौन रहि नदीनाला बेचेको, भ्रष्टाचारमा रमाएको, देशको अर्थतन्त्र डुबाएको,…

पुरा पढ्नुहाेस्

कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाले पत्रकार सम्मेलन गर्दै

फागुन २५, काठमाडौं । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । आसन्न स्थानीय चुनावको तयारीबारे जानकारी दिने उद्देश्यले सभापति देउवाले पत्रकार सम्मेलन गर्ने भएका हुन् । ललितपुर स्थित पार्टी केन्द्रीय कार्यालय सानेपाबाट अपराह्न ३ बजे देउवाले स्थानीय तह केन्द्रित चुनावी अभियान घोषणा गर्ने कार्यक्रम छ । पार्टीले फागुन २९ देखि चैत २९ सम्म एक महिने ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानको तयारी गरेको छ । घरदैलो अभियान तथा आगामी राणनीतिबारे जानकारी दिन सभापति देउवाले पत्रकार सम्मेनल गर्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । कांग्रेसले…

पुरा पढ्नुहाेस्

कांग्रेसमा बढ्यो महाधिवेशनको सरगर्मी

भदौ १३, काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन र रामचन्द्र पौडेलबीच सहमति भएसंगै निर्धारित मितिमा महाधिवेशन हुने संभावना बनेको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पक्षबीच हिजो निर्वाचन निर्देशिका संशोधन, क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक र उम्मेदवारहरुको मापदण्डलगायतका विषयमा सहमति भएको हो । सहमति बनेसँगै कांग्रेसमा महाधिवेशनको चटारो बढेको छ । सहमतिलगत्तै पार्टी मूख्यालयमा केही दिन यता भईरहेको जिल्ला सभापतिहरुको रिले अनसन पनि हिजो रातीबाटै तोडिएको छ । यस्तै हिजो रातीसम्ममा ५३ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरिसकिएको छ । केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका बमोजिम हिजो थप…

पुरा पढ्नुहाेस्

कांग्रेस, माओवादी र जसपाको संयुक्त बैठक बस्दै

चैत्र २७,काठमाडौँ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीचको बैठक बस्दै छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा तीन दलको संयुक्त बैठक दिउँसो ३ बजे बस्न लागेको सभापति देउवाको सचिवालयले जनाएको छ । यसअघि कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । त्यसको एक हप्तापछि तीन दलको बैठक बस्न लागेको हो । आजको बैठक नयाँ सरकार गठनमा केन्द्रीत हुने नेताहरुले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने माओवादी केन्द्रले पहिलेदेखि नै भन्दै…

पुरा पढ्नुहाेस्

नेविसंघको लफडा मिलाउन कांग्रेसलाई सकस, आज २ बजे पुनः बैठक बस्दै

मंसिर २, काठमाडौं । नेपाली कांग्रेसलाई नेपाल विद्यार्थी संघ (नेविसंघ) को लफडा मिलाउन निकै सकस परेको छ । नेविसंघको महाधिवेशन प्रत्येक दुई वर्षमा हुनुपर्ने भए पनि आन्तरिक विवादका कारण महाधिवेशन नभएपछि झन् रडाको मच्चिएको छ । पार्टीले महाधिवेशनका लागि तीन महिना समय थप गरेको थियो । थप तीन महिनामा पनि महाधिवेशन हुने सकेन । फेरि म्याद थप्ने नथप्ने बारे शीर्ष नेताहरुबीच विवाद भयो । कांग्रेस शीर्ष नेताहरुबीच नेविसघ भंग गर्ने कि यही कार्यसमितिलाई तदर्थ समिति बनाएर अधिवेशनको वातावारण बनाउने भन्ने बारे शनिबार रातिसम्म सहमति हुन नसकेपछि आइतबार (आज) दिउँसो २…

पुरा पढ्नुहाेस्