महिलामाथि हुने सबै भेदभाव नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

जेठ १६, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभावपूर्ण व्यवहारलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले महिलाको समग्र उत्थान र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् । उनले महिलाविरूद्ध हुने हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्यवस्था गरेको बताएका छन् । उनले राज्यका सबै निकायमा महिलाको समानुपातिक समावेशिता सुनिश्चित भएको समेत दाबी गरेका छन् । उनले नेपालको लैङ्गिक विकास सूचकांकमा भएको सुधारबाट राज्यले महिला हकअधिकारको क्षेत्रमा अवलम्बन गरेका नीति र कार्यक्रमबाट राम्रो प्रतिफल प्राप्त…

पुरा पढ्नुहाेस्

देउवा-मोदी भेट, यस्तो छ कार्यतालिका

चैत १९, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारतको औपचारिक भ्रमणमा रहेका छन् । शुक्रबार भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रधानमन्त्री देउवाले आज भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीलाई भेट्ने कार्यतालिका रहेको छ । मोदीलाई भेट्नुअघि प्रधानमन्त्री देउवा राजघाट जाने र १०ः४० बजे महात्मा गान्धीको समाधि स्थलमा फूलामाला अर्पण गर्ने तथा एक मिनेट मौनधारण गर्ने कार्यतालिका तय गरिएको छ । लगतै देउवासहितको टोली हैदराबाद हाउसका लागि प्रस्थान गर्नेछन् । हैदराबाद हाउसमा ११ः१५ देखि ११ः४५ बजे प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच वान टू वान वार्ता हुनेछ । ११ः४५ देखि १२ः१५…

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री देउवा पुगे दिल्ली

चैत १८, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने भ्रमणका लागि दिल्ली पुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो साढे १ बजे नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत देउवा नयाँ दिल्ली गएका हुन् । चार मन्त्रीसहित ५० सदस्यीय टोलीको नेतृत्व गर्दै भारत भ्रमण गएका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गरे । प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी पत्नी आरजु राणा देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, उर्जा मन्त्री पम्फा भुसाल, स्वास्थ्य मन्त्री बिरोध खतिवडा, कृषि तथा पशुपंछी विकास मन्त्री महिन्द्र राय यादवसहित…

पुरा पढ्नुहाेस्

जलभण्डारको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी हो : प्रधानमन्त्री देउवा

चैत ८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जलस्रोतको ठूलो अंश मानिने भूमिगत जलस्रोतको प्रयोगमा जनसङ्ख्याको ठूलो हिस्सा आश्रित भइरहेको हुँदा जलभण्डारको पहिचान र दिगो उपयोग गर्दै उपलब्ध जलभण्डार र पानीको गुणस्तरको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरेका छन् । ‘भूमिगत जलस्रोतको संरक्षण र संवद्र्धन गरौँ’ भन्ने नाराका साथ यस वर्ष मार्च २२ का दिन मनाइने विश्व पानी दिवसका अवसरमा शुभकामना दिँदै उनले भूमिगत जलस्रोतको संरक्षण र संवद्र्धनमा आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन सबैमा आह्वान गरेका छन् । संरक्षणको जिम्मेवारीलाई प्रभावकारी तवरले कार्यान्वयनमा उतार्न अन्तर निकाय समन्वय, सूचना प्रणालीको सुदृढीकरण,…

पुरा पढ्नुहाेस्

कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाले पत्रकार सम्मेलन गर्दै

फागुन २५, काठमाडौं । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । आसन्न स्थानीय चुनावको तयारीबारे जानकारी दिने उद्देश्यले सभापति देउवाले पत्रकार सम्मेलन गर्ने भएका हुन् । ललितपुर स्थित पार्टी केन्द्रीय कार्यालय सानेपाबाट अपराह्न ३ बजे देउवाले स्थानीय तह केन्द्रित चुनावी अभियान घोषणा गर्ने कार्यक्रम छ । पार्टीले फागुन २९ देखि चैत २९ सम्म एक महिने ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानको तयारी गरेको छ । घरदैलो अभियान तथा आगामी राणनीतिबारे जानकारी दिन सभापति देउवाले पत्रकार सम्मेनल गर्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । कांग्रेसले…

पुरा पढ्नुहाेस्

गठबन्धनको विरोध नगरी चुनावमा होमिन देउवाको निर्देशन

फागुन २४, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्बाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको पार्टीका शीर्षनेता र केन्द्रीय सदस्यको बैठकमा स्थानीयदेखि सङ्घीय तहसम्म हुन गइरहेको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने गरी काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । देउवाले सानातिना मतभेदलाई बिर्सेर पार्टीलाई बहुमत दिलाउन आग्रह गर्दै कांग्रेसको पक्षमा माहोल बनाउनुपर्नेमा जोड दिए । सभापति देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा वर्तमान सत्तारूढ गठबन्धनको विरोध नगर्नसमेत आग्रह गरेको बैठकमा सहभागी केन्द्रीय सदस्य नैनसिंह महरले बताए । कांग्रेसले आसन्न…

पुरा पढ्नुहाेस्

देउवा र ओलीबीच आज पनि भेटर्वाता

फागुन १४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटर्वाता हुने भएको छ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवासँग शनिबार पनि वार्ता हुने बताए । अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता संसद्‌बाट पारित गर्ने सन्दर्भमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष एमालेसँग छलफल बढाएका छन् । सत्तारुढ गठबन्धनका दलहरुबाट एमसीसी पारित गर्न सहयोग प्राप्त हुन नदेखिएपछि देउवाले एमालेसँग छलफल अगाडि बढाएका हुन् । शुक्रबार राति एमाले अध्यक्षसहित एमाले नेताहरुसँगको छलफलका लागि देउवासहित कांग्रेस नेताहरु बालकोट पुगेका थिए । बिहीबार र शुक्रबार विभिन्न…

पुरा पढ्नुहाेस्

ओली भेट्न बालकोट जाँदै प्रधानमन्त्री देउवा

पुस २४, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटर्वाता हुने भएको छ । भेटका लागि लागि प्रधानमन्त्री देउवा ओली निवास बालकोट पुग्दै छन् । अहिले १० बजेपछि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीलाई भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले शनिबार बिहान भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले अहिले १० बजे प्रतिपक्ष दलका नेता केपी ओलीसँग उनकै निवास बालकोटमा गएर भेट गर्दै हुनुहुन्छ ।’ भेटमा प्रधानमन्त्री देउवाले संसद् बैठकमा एमालेले निरन्तर गरिरहेको अवरोध खुलाउन आग्रह गर्ने बताइएको छ । गत मंगलबार गठबन्धनको…

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

पुस २२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । भारतको गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिट स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण पनि स्थगित भएको हो । जनवरी १०–१२ सम्म जगुरातमा आयोजना हुने सम्मेलनमा सहभागिताका लागि भारत सरकारले प्रधानमन्त्री देउवालाई निम्तो आएको थियो । जनवरी ९ तारिख अर्थात पुस २५ गते देउवा काठमाडौंबाट सिधै गुजरात जाने कार्यक्रम थियो । प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्मेलन स्थगित भएको जानकारी आएपछि भ्रमण स्थगितको औपचारिक निर्णय हुनेछ । ‘सम्मेलन स्थगित भएको औपचारिक जानकारी आएको छैन, तर स्थगित भएको भए उहाँ ९प्रधानमन्त्री०…

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री देउवा आज दिनभर धरानमै रहने

पुस २०, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज (मंगलबार) धरान जाँदैछन् । सुनसरीको धरानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन देउवा बिहान १० बजे हेलिकोप्टर मार्फत त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री देउवाले त्यहाँ नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर एकको भवन उद्घाटन गर्ने कार्यतालिका छ । यस्तै देउवाले कानेपोखरीमा नवनिर्मित फोहोर मैला प्रशोधन केन्द्रको अवलोकन तथा उद्घाटन गर्ने अर्को कार्यक्रम पनि तय भएको छ । धरान उपमहानगरपालिकाले २६ करोड लागतमा फोहोर मैला प्रशोधन केन्द्र निर्माण गरेको हो । आज नै प्रधानमन्त्री देउवाले धरानको निर्माणाधीन बसपार्कको निरीक्षण गर्दैछन् । उनी धरान डेमा…

पुरा पढ्नुहाेस्