कालीकोटमा जिप दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौँ । कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । शुभकालिका गाउँपालिका ६ चिसापानीस्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु १च ८४९८ नम्बरको जिप राति साढे ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा जिपका चालक शुभकालिका – २ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नं ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुलेका २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिए ।

पुरा पढ्नुहाेस्