कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेसँगै भिडभाड हुने ठाउँमा व्यवस्थापनको तयारी

पुस २५, काठमाडौं । नेपालमा कोरोनाभाइरसको सङ्क्रमण दर पुनः बढ्न थालेसँगै सरकारले प्रतिबन्धात्मक योजनाहरूमाथि छलफल गरिरहेको अधिकारीहरूले बताएका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल अनुसार भिडभाड हुने र सङ्क्रमणको जोखिम उच्च हुने ठाउँहरूमा व्यवस्थापनको तयारी भइरहेको छ। रिजालले भने, कुनै निश्चित क्षेत्र बन्द गर्ने तयारी होइन। तर सङ्क्रमण बढिरहेकाले कसरी भिडभाड व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ ।

पुरा पढ्नुहाेस्

कोरोना भाइरसको सङ्क्रमण बढ्दै,काठमाडौँ प्रवेशमा कडाइ !

चैत्र २३, काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यका प्रवेशमा कडाइ गरिएको छ । अब, काठमाडौँ उपत्यका छिर्नका लागि एन्टीजेन परीक्षण अनिवार्य गर्नुपर्ने भएको हो । आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले उपत्यका छिर्ने नाकामै हेल्थ डेस्क राखेर परीक्षण गरेपछि मात्रै उपत्यका छिर्न दिने निर्णय गरेको हो । पहिलो चरणमा लक्षण भएकाहरूको मात्रै परीक्षण गरिने र पछि सबैको अनिवार्य रुपमा परीक्षण गर्ने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् । सम्बन्धित नगरपालिका जस्तै थानकोटका लागि चन्द्रागिरि र दक्षिणकालीका लागि दक्षिणकाली नगरपालिकाले नाकामा…

पुरा पढ्नुहाेस्