पछिल्लो २४ घण्टामा थप ७३४ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

असोज ३, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४१३ जना संक्रमणमुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ । हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमति रहेका छन् । जसमध्ये २२ हजार ८६४ जना होम आइसोलेसनमा र १,४४९ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ३९० जना आईसीयू र ११७…

पुरा पढ्नुहाेस्