पाकिस्तानको क्वेटा शहरमा विस्फोट हुँदा चार जनाको मृत्यु, ११ जना घाइते

वैशाख ९ काठमाडौं । पाकिस्तानको क्वेटा शहरमा अवस्थित एक होटलमा विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । बीबीसीका अनुसार क्वेटा शहरमा अवस्थित चर्चित होटल सेरेनाको पार्किङ क्षेत्रमा विस्फोट भएको हो । उच्च सरकारी अधिकारीहरुको बढी आउजाउ हुने होटलको रुपमा सेरेना चर्चित छ । पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले एक टेलिभिजनलाई दिएको प्रतिक्रियाअनुसार विस्फोटक पदार्थले भरिएको कार पार्किङ क्षेत्रमा विस्फोट भएको थियो । सामाजिक सन्जालमा सेयर गरिएको भिडियोहरुमा विस्फोटपछि आगोको ठूलो लप्का माथि–माथिसम्म पुगेको देखिन्छ । विस्फोटको जिम्मा तालिवानले लिएको छ ।…

पुरा पढ्नुहाेस्