प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति शीसँग असोज ६ गते हाङजाओमा भेटवार्ता गर्ने

भाद्र २९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ राष्ट्रपति शी जिनपिङलाई हाङजाओमै भेटवार्ता गर्ने जानकारी दिएका छन् । शुक्रबारको प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर चीन जाने जानकारी गराउँदै राष्ट्रपति शीसँग हाङजाओमै भेटवार्ता गर्ने बताएका हुन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर प्रधानमन्त्री असोज ५ गते अमेरिकाबाट सिधै चीन जाने तय भएको हो । प्रचण्डले ६ गते चीनका राष्ट्रपति शीसँग भेट्ने र सोही दिन एसियन खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने तय भएको हो । ‘चीनका राष्ट्रपति सी चिनफिङसँग मैले हाङ्जाओमा भेट्ने…

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुनपर्ने सात दलको निष्कर्ष

असार २१, काठमाडौँ । सत्तारुढ सात दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजीनामा मागेकोबारे छलफल भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सात दलको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको बारेमा छलफल भएको र राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका नेता हितराज पाण्डेले जानकारी दिए । सात दलले मिटर ब्याज पीडितहरूलाई न्याय दिन र सुशासनका लागि सरकारले गरिरहेको कामलाई ओझेलमा पार्न गरिएको षडयन्त्र भएको पनि निष्कर्ष निकालेका छन् ।

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री प्रचण्डले आज लुम्बिनी केबलकारको उद्घाटन गर्दै

रुपन्देही । लुम्बिनी केबुलकारको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज गर्ने भएका छन् । केबलकार उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज बिहान बुटवल आउने कार्यक्रम तय भएको छ । साढे तीन अर्ब लगानीमा बुटवल–३ बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा टप स्टेशन रहेको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । केबलकारको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते गरेका थिए । केबलकारको उद्घाटन समारोह टप स्टेशन वसन्तपुरमा साढे १० बजेपछि हुने लुम्बिनी केबलकार प्रालिले जनाएको छ ।  

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने

वैशाख २३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ। प्रचण्डले यसअघि नै दोहोर्‍याएर विश्वासको मत लिएकामा रास्वपाले समर्थन फिर्ता लिएसँगै तेस्रो पटक पनि विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । संविधानको धारा १०० को उपधारा २ मा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने व्यवस्था छ । जसअनुसार प्रधानमन्त्री प्रचण्डले अब फेरि ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने देखिएको हो ।

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री प्रचण्डले दिए एसीसी प्रिमियर कप उपाधि विजेता नेपाली टिमलाई बधाई

वैशाख १९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप उपाधि विधेता नेपाली टिमलाई बधाई दिएका छन् । एसीसी प्रिमियर कप उपाधि भिडन्तमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको छ । जितसँगै नेपालले एसिया कपमा स्थान बनाएको छ । सोही नेपाली टिमलाई प्रधानमन्त्री प्रचण्डले बधाई दिएका हुन् । ‘एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ सामाजिक…

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री प्रचण्डले महावीर पुनलाई बालुवाटार बोलाए ! नवप्रवर्तनलाई उच्च प्रथामिकता दिने

बैशाख १२,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार बिहान राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको टोलीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र प्रविधिलाई उच्च प्राथमिकता दिएर मात्र विकास र समृद्धिलाई गुणात्मकता दिन सम्भव रहेकाले नवप्रवर्तनको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिने बताएका हुन् । भेटमा अध्यक्ष डा। पुनले ‘यात्री’ लगायत नेपालमै उत्पादित सवारीसाधनलाई सञ्चालन अनुमति प्रदान गर्न र नवप्रवर्तनको क्षेत्रमा लगानी वृद्धि गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । डा. पुनले नेपालमा उत्पादित सवारीसाधनलाई दर्ता गर्ने र प्रवर्धन गर्ने प्रयोजनका…

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिंदै

चैत्र ६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । यसअघि गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डले २६८ मत पाएका थिए । तत्कालीन सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, राप्रपासहित प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएका थिए । सत्ता समीकरण फेरिएसँगै एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएकाले प्रचण्डले पुनः विश्वासको…

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने

चैत्र १,काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने भएका छन् । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् । ‘प्रधानमन्त्री प्रचण्डले गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेतासँग परामर्श गरे’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्रीज्यूले सबैसँग परामर्श गरेपछि चैत ६ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ । यद्यपि औचारिक निर्णय भएको छैन ।’ सत्ता साझेदार दलका शीर्ष नेताले…

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, विपक्षमा जम्मा २ मत

पौष २६,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको इतिहासमै सबैभन्दा बढी विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मंगलबार भएको मतदानमा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा भएको मतदानपछि विश्वासको मतको प्रस्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा २६८ मत परेको सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले घोषणा गरेका छन् ।

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री प्रचण्डले मागे संसद्‌मा विश्वासको मत (पूर्णपाठ)

पौष २६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्न विश्वासको मत मागेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले मत मागेका हुन् । सम्माननीय सभामुख महोदय, नवनिर्वाचित प्रतिनिधिसभाको यो गरिमामय अधिवेशनमा म सार्वभौम संसद्का सबै माननीय सदस्यहरूलाई हार्दिक अभिवादन र सफल कार्यकालको पुनः शुभकामना व्यक्त गर्दछु । जुन संविधानको जगमा यो संसद् खडा छ, त्यो हजारौं महान् शहीदहरूको बलिदान, बेपत्ता र घाइते योद्धाहरू, लाखौं कर्मवीरहरूको त्याग, तपस्या र सङ्घर्षको परिणाम हो । म सबैभन्दा पहिले उहाँहरूप्रति कृतज्ञता र उहाँहरूको संकल्पप्रति सम्मान व्यक्त…

पुरा पढ्नुहाेस्