बलात्कार आरोपी सिद्धबाबाको महायज्ञमा मन्त्रीहरु गएको भन्दै एमालेको आपत्ति

साउन १३, काठमाण्डौ । प्रमुख प्रतिपक्षी एमालेले बलात्कारका आरोपित सिद्धबाबा भनिने कृष्णप्रसाद गिरीको महायज्ञमा महान्यायाधिवक्ता गएकोप्रति गम्भीर प्रश्न उठाएको छ । एमाले सांसद शिवमाया तुम्बाहाङ्फेले बलात्कारका आरोपितको कार्यक्रममा मन्त्री र महान्यायाधिवक्ताजस्ता सरकारी अधिकारी जाँदा एकातर्फ कानुन उल्लंघन भएको र अर्कोतिर पीतिलाई मनोवैज्ञानिक असर परेको भन्दै आपत्ति जनाइन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद तुम्बाहङ्फेले अदालतमा विचाराधीन मुद्दाका आरोपितको अगाडि मन्त्री र महान्यायाधिवक्ता नै उपस्थित हुनु गम्भीर विषय भएको बताइन् ।

पुरा पढ्नुहाेस्

बलात्कार आरोपी सिद्धबाबालाई अदालतद्धारा सफाइ

मंसिर २२, काठमाण्डौ । बलात्कारको आरोप लागेको चताराधाम आश्रमका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ । सोमबार सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिने फैसला गरेको हो । यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । के थियो घटना ? बलाल्कार आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई प्रहरीले पक्राउ २०७६ मंसिर १६ गते विराटनगरस्थित विराट नर्सिङ होमबाट पक्राउ गरेको थियो। आइसीयूमा भर्ना भएका गिरीलाई आइसियुबाटै पक्राउ गरेर हिरासतमा लिइएको थियो। एक अनुयायी महिलाको उजुरीको आधारमा…

पुरा पढ्नुहाेस्

बलात्कार आरोपी सिद्धबाबा आईसियूबाटै पक्राउ

मंसिर १६,काठमाडौँ । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी प्रहरीले अस्पतालको आईसियूबाटै पक्राउ गरेको छ। सुनसरी प्रहरीका प्रवक्ता डिएसपी विनोद शर्माको टोलीले गिरीलाई आज बिहान करिब ५ बजेतीर उनी उपचाररतः विराट नर्सिङहोम बाट पक्राउ गरेको हो। शर्माले हाल उनको जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण भइरहेको छ। उनलाई आजै अदालत लगेर अनुसन्धानका लागि म्याद थपको माग गर्ने तयारीमा प्रहरी रहेको छ।

पुरा पढ्नुहाेस्