बस दुर्घटना: चालकको मृत्यु, ८ जना घाइते

भदौ ३, वीरगञ्ज । हेटौंडा-पथलैया सडकखण्डमा पर्ने चुरियामाई मन्दिरको ओरालोमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ कमाने बस्ने ४९ वर्षीय धर्मराज रेग्मी रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । काठमाडौंबाट रौतहटको बंकुलतर्फ आउँदै गरेको ना ६ ख ४६४१ नम्बरको बस ब्रेक फेल भएको थियो । ब्रेक फेल भएर बस अनियन्त्रित हुँदा हेटौंडातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ प ४११ नम्बरको मोटरसाइकललाई…

पुरा पढ्नुहाेस्