नागरिक एपबाटै ट्रफिक प्रहरीलाई ‘लाइसेन्स’ देखाउँदा हुने

कात्तिक १३,काठमाडौँ । ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भएर/भएको बारेमा जाँच गर्दा नागरिक एपमार्फत देखाउन पाइने भएको छ । यसअघि ट्राफिक प्रहरीले चालक अनुमतिपत्र भए/नभएको जाँच गर्ने बेलामा पनि सक्कलै देखाउनुपर्ने बाध्यता थियो । तर अब नागरिक एपमार्फत देखाउँदा हुने भएको हो । तर यो व्यवस्था अन्य ट्राफिक नियम उल्लङ्घन गरेर प्रहरीले रोकेको अवस्थामा नभई चालक अनुमतिपत्र लिएको छ वा छैन भनेर जाँच गरेको अवस्थामा मात्रै लागू हुने छ ।

पुरा पढ्नुहाेस्

स्थगित सवारी चालक अनुमतिपत्रको परीक्षा आजदेखि

भदौ २०, काठमाडौँ । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा आजदेखि पुनः सञ्चालन गर्दैछ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि आवेदन दिइ बायोमेट्रिक गरेका लिखित परीक्षा र लिखित परीक्षा दिइ प्रयोगात्मक परीक्षामा (ट्रायल) संलग्न हुने, एकपटक प्रयोगात्मक परीक्षा अनुत्तीर्ण हुने तथा कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजश्व बुझाइसकेका सेवाग्राहीका लागि परीक्षा सञ्चालन हुने जनाएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र…

पुरा पढ्नुहाेस्