संस्कृतिविद् जोशीलाई राष्ट्रिय सम्मानका साथ अन्तिम बिदाइ गरिने

आश्विन ३०,काठमाडौँ । सरकारले आज बिहान निधन भएका संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्रिय सम्मानका साथ अन्तिम बिदाइ गर्ने भएको छ । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले जोशीको पार्थिव शरीरलाई नेपाल प्रहरीबाट शोक सलामी अर्पण गरेर राष्ट्रिय सम्मान दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । जोशीको शव अहिले ललितपुर महानगरपालिकाको कार्यालय परिसर पुल्चोकमा राखिएको छ । पुल्चोकमै दिउँसो ४ बजे नेपाल प्रहरीको एक टुकडीले स्वर्गीय जोशीलाई शोक सलामी अर्पण गर्नेछ । शोक सलामी दिएर जोशीको शव किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई हस्तान्तरण गरिने छ । जोशीले जीवित रहँदा…

पुरा पढ्नुहाेस्