सर्वोच्चमा न्यायाधीशहरुको फुल कोर्ट सुरु

मंसिर २, काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीशहरुको फुल कोर्ट सुरु भएको छ । सबै न्यायाधीशहरुको पूर्ण बैठक (फुल कोर्ट) बाट पेशी व्यवस्थापनसम्बन्धी सर्वोच्च अदालत नियमावलीको नियम संशोधन गर्ने तयारीका लागि न्यायाधीशहरुको छलफल सुरु भएको हो । यसअघि प्रधानन्यायाधीशले पेशी तोक्ने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरेर गोला प्रथाबाट पेशी तोक्न मिल्ने गरी नियमावली संशोधनका लागि फुल कोर्ट बस्ने तयारी भएको छ । फुल कोर्ट बैठक प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविनाको हुने र अरु न्यायाधीशले गरेको निर्णयमा उनले हस्ताक्षर गर्ने तयारी रहेको एक न्यायाधीशले जानकारी दिए ।

पुरा पढ्नुहाेस्

सर्वोच्चमा न्यायाधीशहरुको आन्दोलन जारी: आज पनि भएन मुद्दाको सुनुवाइ

कात्तिक १६, काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग गरेका सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार बन्दी प्रत्यक्षीकरणको रिटमा पनि सुनुवाइ गरेका छैनन् । सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरेका उनीहरुले मंगलबार भने सुनुवाइ गरेनन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार १० जना न्यायाधीशको ५ वटा संयुक्त इजलास तोकेका छन् । तर न्यायाधीशहरुले मुद्दाको सुनुवाइ गरेका छैनन् । प्रधानन्यायाधीश जबराले आफूले सम्मानजनक निकास चाहेको बताएपछि असन्तुष्ट न्यायाधीशका तर्फबाट अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्माले छलफल गरेका थिए ।  

पुरा पढ्नुहाेस्