सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्यो,२ जनाको मृत्यु

असार २१, काठमाण्डौँ । सल्यानमा गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु भएको छ । रोल्पाको गंगादेब गाउँपालिका –४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता डीएसपी गोपाल श्रेष्ठले जानकारी दिए । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा१ख ८३४ नम्बरको बसमा बसलाई छुँदा करेन्ट प्रवाह भएको थियो । उक्त घटनामा बस धनी सल्यान छत्रेश्री गाउँपालिका–६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली गम्भीर घाइते भएका छन् ।  

पुरा पढ्नुहाेस्