राजस्थान जाँदै गरेको बस धादिङ गल्छिमा दुर्घटना, एकको मृत्यु, १९ जना घाइते

असार ८, काठमाडौँ । भारतको राजस्थान जाँदै गरेको बस धादिङको गल्छी मोडमा दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा १२ वर्षीया कल्पना पारिकको मृत्यु भएको हो । गल्छी मोडमा एआर ०६ ई ७०३१ नम्बरको बस दुर्घटना भएको हो । घाइतेहरूको गजुरी अस्पतालमा उपचार भइरहेको छ।

पुरा पढ्नुहाेस्

सिन्धुलीको फिक्कलमा बस दुर्घटना: पाँच जनाको मृत्यु, १९ जना घाइते

फागुन २८,काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटना भएको हो । दुर्घटनामा पाँच जनाको मृत्यु भएको भनेर प्रहरीले आफूलाई रिपोर्टिङ गरेको सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । उनका अनुसार दुर्घटनाको बेला बसमा २९ जना यात्रु थिए । ती मध्ये १९ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटको अस्पतालमा पठाइएको छ ।

पुरा पढ्नुहाेस्

तनहुँमा चितुवाको आक्रमण : पाँच वर्षमा १४ बालबालिकाको मृत्यु, १९ जना घाइते

फागुन १९, तनहुँ । चितुवाको आक्रमणबाट तनहुँमा १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की सुप्रीति थापा, बन्दीपुर–१ का सुप्रिम थापा, बन्दीपुर–३ की डिना चेपाङ, व्यास नगरपालिका–१२ छिर्कनका अभिनव कुँवर र भानु नगरपालिका–३ का विशाल श्रेष्ठको मृत्यु भएको छ । त्यसैगरी भानु–४ की रञ्जिता लम्साल, भानु–२ की पुष्पा अधिकारी, सोही वडाका अमृत गुरुङ, ऋतिक रोका,…

पुरा पढ्नुहाेस्

चितवनमा ट्र्याक्टर दुर्घटना: ५ जनाको मृत्यु, १९ जना घाइते

चैत ३०, काठमाडौ । पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा भएको ट्र्याक्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । आइतबार साँझ ७ः३० बजे मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । पूर्वी चितवनको मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सनाखत हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ रहेका छन् । एक जना अन्दाजी २५ वर्षीय पुरुषको…

पुरा पढ्नुहाेस्