काठमाडौँ उपत्यकामा लकडाउनको पूर्ण पालना (फोटोफिचरसहित)

चैत्र १३ ,काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेको तेस्रो दिन काठमाडौँ उपत्यका सुनसान देखिएको छ । अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाट बाहिर निस्कन रोक लगाएपछि ‘लकडाउन’को तेस्रो दिन आज काठमाडौँ उपत्यका निकै सुनसान देखिएको हो । एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारमाध्यमलगायत अतिआवश्यक सेवाका सवारीमात्र सडकमा गुडेको देखिन्छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सरकारले लकडाउन घोषणा गरेको तेस्रो दिन आज त्यसको पूर्णरुपमा पालना भएको छ । “पहिलो दिन धेरै नै उल्लङ्घन भयो, कतिले लकडाउनको अर्थ नबुझेर पनि हो कि, दोस्रो दिन केही कम उल्लङ्घन भयो…

पुरा पढ्नुहाेस्

नेकपा निकट बुद्धिजीवीले भने-‘सरकार-नागरिकको सहकार्यले मात्र कोरोनासंग लड्न सकिन्छ’

चैत्र १२,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल बुद्धिजीवी सङ्गठनले नागरिकप्रति संवेदनशील राज्य र आत्मअनुशासित नागरिकको एकताको बलमा कोभिड–१९ विरुद्ध दृढतापूर्वक लड्न सकिने जनाएको छ । विश्वका सरकार र नागरिक कोभिड–१९ का विरुद्ध योजनाबद्ध र अनुशासित ढङ्गले सङ्घर्ष गरिरहेको उल्लेख गर्दै सो सङ्गठनले सफलता हासिलका लागि राज्य र नागरिकको सहकार्य अत्यावश्यक भएकामा जोड दिएको छ । सङ्गठनका संयोजक डा. दिनेशचन्द्र देवकोटा र सहसंयोजक कृष्ण केसीद्धारा जारी विज्ञप्तिमा नेपाल सरकारका तर्फबाट नागरिकका लागि अत्यावश्यक वस्तुको आपूर्ति र स्वास्थ्य परीक्षणमा देखिएको संवेदनशीलता र महामारीविरुद्ध लड्न नागरिकलाई गरेको आग्रह नागरिकको सुरक्षाका…

पुरा पढ्नुहाेस्

पर्यटनमन्त्री भट्टराईको सक्रियतापछि प्लने भाडा घट्ने, भाडादर पुनर्विचार गर्न व्यवसायी सहमत

चैत्र ८,काठमाडौँ । वायुसेवा सञ्चालकहरुले तत्काल भाडादर पुनर्विचार गर्ने प्रतिवद्धता जनाएका छन् । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा हवाई भाडाका विषयमा भएको छलफलमा आन्तरिक वायुसेवा सञ्चालकहरुले यात्रु बढेपछि अधिकतम् भाडा लिएको स्वीकार्दै भाडादर पुनर्विचार गर्न सहमति जनाएका हुन् । संकटका समयमा यात्रुलाई मार पर्ने गरी सीमाभित्र रहको देखाएर एयरलाइन्सहरुले भाडामा उच्च वृद्धि गरेका छन् । केही दिन अघिसम्म भाडा र यात्रु घटेर संकटमा परेको बताइरहेका एयरलाइन्सहरु यात्रु बढेपछि तोकिएको अधिकतम् मूल्यमै टिकट बेचिरहेका छन् । उपभोक्ताहरुले यसलाई एयरलाइन्स कम्पनीको ‘गैह्रजिम्मेवारीपना’ भनेका छन् । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री…

पुरा पढ्नुहाेस्

प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमानले ६१ जना नेपालीलाई काठमाडौं ल्यायो

चैत्र ८,काठमाडौँ । नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीले ६१ जना नेपालीलाई काठमाडौं ल्याएका छन् । अध्यागमन विभागकाअनुसार थाइ एयरवेजले ४९ र एयर इण्डियाले १२ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएका हुन् । उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा पठाइएको छ । दुबई कतार लगायतका देशहरुमा रहेका नेपालीहरु अन्यत्र ट्रान्जिट बनाएर आएका हुन् । यसअघि यसरी आउने विदेशी नागरिकहरुलाई फर्काउने गरिएको थियो ।

पुरा पढ्नुहाेस्

कोरोना संकट: यी घरबेटी बने महान ! तीन महिनाको भाडा छुट दिने घोषणा

चैत्र ८,काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को कारण यतिबेला विश्व आक्रान्त छ । नेपालमा यतिबेला सम्म यो भाइरसको संक्रमणमा कोही परेको छैन । यद्यपी यस रोगबारे सजग र सर्तक हुन आवश्यक छ । कोभिड–१९ को संक्रमण नफैलियो भनेर सरकारले अन्तराष्ट्रिय सिमा नाकामा कडाई गरेको छ भने अन्तराष्ट्रिय उडान रोकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जनताको नाममा सम्बोधन गरेपछि राजधानी लगायत देशभर थप सर्तकता अपनाइएको छ । कोरोनाकै कारण सरकारले सबैतिर बिदा दिएपछि राजधानीबाट सर्वसाधारण गाँउ फर्किरहेका छन । कोहीले सटर तानेका छन भने कोहीले कोठामा साँचो लगाएर…

पुरा पढ्नुहाेस्

सार्क आपतकालीन कोषमा नेपालले गरेको योगदानको मोदीले गरे स्वागत

चैत्र ८,काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) सार्क आपतकालीन कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने नेपाल सरकारको निर्णयको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् । यो निर्णयका लागि मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कृतज्ञता व्यक्त गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कोषमा नेपालले १० करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेका थिए । मोदीले त्यसको स्वागत गर्दै भनेका छन्, ‘ओलीजीको यो प्रतिबद्धताले कोरोनाको महामारीविरुद्ध सामूहिक लडाइँ लड्ने सार्क देशहरुको समर्थनलाई दर्शाउँछ । Deeply appreciate PM @kpsharmaoli ’s announcement of contribution of NPR 10 crores to the…

पुरा पढ्नुहाेस्