नेपाल र सिंगापुर बीचको खेल टस नभई रद्ध

फाल्गुण २३, काठमाण्डौ । थाइल्याण्डमा भइरहेको एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुरबीचको खेल रद्ध भएको छ । वर्षाका कारण मैदान र पिच भिजेकाले समयमा तयार नभएपछि खेल टस नै नभई रद्ध भएको हो । शुक्रबार बिहान बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा स्थानीय समयअनुसार बिहान साढे ९ बजे खेल शुरु हुने तय थियो । तर पिच खेल्नलायक नभएपछि साढे दुई घण्टासम्म पनि टस हुन सकेन र खेल रद्ध भएको एसीसीले जनाएको छ ।

प्रतियोगितामा सिंगापुरले यसअघि नै लगातार तीन खेल जितेर शीर्ष दुईमा स्थान पक्का गर्दै एसिया कप क्वालिफायरमा समेत स्थान सुरक्षित गरिसकेको छ । उता उपाधि जित्ने लक्ष्य बनाएर थाइल्याण्ड गएको नेपाल भने शुरुवाती दुई खेलमा हार बेहोरेपछि लक्ष्य पूरा गर्न असफल भएको छ ।

संम्बन्धित समचार

Leave a Reply