कस्मिरमा तीन प्रहरीको अपहरणपछि हत्या

असोज ६, काठमाडौं । भारत प्रशासित कस्मिरमा लडाकूहरुले अपहरण गरी लगेका तीन प्रहरीको हत्या गरिएको छ ।

स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा शुक्रबार यस्तो तनावपूर्ण घटना भएको जनाइएको छ ।

दशकौंदेखि हिंसा भइरहेको ठाउँमा पछिल्ला महिना हिंसाका घटना थप बढेको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । त्यस्ता घटना धेरै प्रहरीतर्फ केन्द्रित भएका छन् ।

सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएदेखि नै कस्मिरमा भारत र पाकिस्तानबीचको सीमानालगायतका विषयलाई लिएर विवाद हुँदै आएको छ । दुवै देशले कस्मिरलाई आफ्नो भू–भाग भएको दाबी गर्दै आएका छन् ।

कस्मिर क्षेत्रलाई नियन्त्रणमा लिनका लागि भारतले झन्डै पाँच लाख सुरक्षाकर्मी त्यस क्षेत्रमा खटाएको छ ।

संम्बन्धित समचार

Leave a Reply