प्रतिनिधिसभामा आजदेखि बजेटमाथि मन्त्रालयगत छलफल हुने

जेठ २३, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकमा आजदेखि आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ । आजदेखि २७ गतेसम्म छलफल हुने छ । आज ६ मन्त्रालयको छलफल सुरु हुने संसदको कार्यसूचीमा छ । यस्तै, आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा…

पुरा पढ्नुहाेस्

नीति तथा कार्यक्रममाथि आज ओलीले टिप्पणी गर्ने

जेठ १२, काठमाडौँ । संसद्‍मा आजदेखि गत मंगलबार संसदमा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ । बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची छ । आज बिहीबारको बैठकको सम्भावित कार्यसूचीअनुसार जेठ १० गते प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल गरियोस भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्नेछन् । त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने कार्यक्रम रहेको छ ।

पुरा पढ्नुहाेस्

माओवादी केन्द्रको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित

पुस १८, काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक २२ गतेसम्मका लागि स्थगित भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित भएको स्रोतले बतायो । आजको प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्ने तय भएको थियो । सो बैठकमा थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची थियो । तर माओवादी केन्द्रले संसद बैठक स्थगित गरिदिन आग्रह गरेको थियो । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन यही पुस ११ गतेदेखि काठमाडौंमा जारी छ ।  

पुरा पढ्नुहाेस्

प्रतिनिधि सभा बैठक बस्दै, एमालेले अवरोध जारी राख्ने

पुस १८, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेश गर्ने एउटा मात्रै कार्यसूची रहेको छ । त्यसअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । संसद भवनको शंकर हलमा बस्ने परामर्श समितिको बैठकमा संसदको अवरोध हटाउन पहल हुने संसद सचिवालयले जनाएको छ । यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो माग सम्वोधन नभएको भन्दै संसद अवरोध जारी राख्ने अडान कायमै राखेको छ…

पुरा पढ्नुहाेस्

प्रतिनिधि सभा बैठक बस्दै, एमालेले अवरोध जारी राख्ने

पुस ६, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज मंगलबार बस्दै छ । बैठक दिउँसो १ बजे संसद सचिवालयले जनाएको छ । आजको बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । समितिको बैठक बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बोलाइएको छ । आजको बैठकमा सोमबार सार्वजनिक सम्भावित कार्यसूचीअनुसार दुई अध्यादेश प्रस्तुत हुँदैछन् । कानुन मन्त्री दिलेन्द्र प्रसाद बडुले यौन हिंसाविरुद्ध र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यता, प्रमुख प्रतिपक्ष नेकपा…

पुरा पढ्नुहाेस्

यस्तो छ आज बस्ने संसद बैठकको सम्भावित कार्यसूची

कार्तिक ११, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ । आजको बैठकमा एउटा मात्र सम्भावित कार्यसूची छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । यसअघि कात्तिक ९ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश भन्दै संसद् सचिवालयले ११ गतेलाई सारेको थियो ।

पुरा पढ्नुहाेस्

प्रतिनिधि सभाको बैठक बस्दै

असोज १९, काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगती प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । प्रमुख प्रतिपक्ष दल एमालेले भने संसदमा नाराबाजी गर्दै आएको छ । आज पनि संसद अवरुद्ध पार्ने एमालेको रणनीति छ । प्रतिपक्षको विरोधकैबीच सभामुख अग्निप्रसाद सापकोटाले संसदको कामकारबाहीलाई अगाडी बढाउँदै आएका छन् । एमालेले कारबाही गरेका १४ सांसद् पदमुक्त गरेको सूचना टाँस नगर्दासम्म संसद्को अवरोध जारी राख्ने बताउँदै आएको छ…

पुरा पढ्नुहाेस्

प्रतिनिधि सभाको बैठक बस्दै

भदौ २७, काठमाडौँ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलोपटक आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो १ बजेका लागि संसद बैठक डाकिएको छ । गत बुधबारदेखि सुरु भएको नवौं अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संदन अवरोध गरिरहेको छ । गत शुक्रबार पनि एमालेको विरोधकै बीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए । आजको बैठकमा सपथसम्बन्धी अध्यादेश २०७८, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेशलगायत स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित…

पुरा पढ्नुहाेस्