बञ्चरेडाँडाका प्रभावितद्धारा तत्काललाई आन्दोलन स्थगितको घोषणा

साउन ३०, काठमाण्डौ । काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापनको ल्यान्डफिल्ड साइट बञ्चरेडाँडाका प्रभावितले तत्काललाई आन्दोलन स्थगितको घोषणा गरेका छन् । उनीहरूले सरकारले मागेको तीन महिना अवधि हेरेर भावी कदम चाल्ने प्रष्ट पारेका छन् ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बञ्चरेडाँडा फोहर ल्याडफिल्ड साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले सरकारले प्रभावित क्षेत्रमा परेको असर र समस्या समाधानको उपायबारे प्रतिवेदन तयार पार्न तीन महिना समय मागेपछि आन्दोलन अहिले लाई रोकेको जानकारी दिएको हो ।

संम्बन्धित समचार

Leave a Reply