झापाबाट निर्वाचन लड्ने विश्वप्रकाशको घोषणा

भाद्र १, झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट निर्वाचन लड्ने घोषणा गरेका छन् । उनले मेची र निन्दा किनारबाट बाहिर जान नसकिने भन्दै बागमतीलाई श्रद्धापूर्वक ढोग्ने बताएका छन्। यसको अर्थ उनी झापा निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचन लड्ने भएका हुन् ।

बुधबार ट्वीटर गर्दै महामन्त्री शर्माले गठबन्धनका अर्का मित्रलाई सम्मानका साथ साथमा लिएर निर्वाचन लड्ने बताएका छन् । शर्मा काठमाडौं–५ बाट निर्वाचन लड्ने चर्चा चलिरहेको थियो । यस्तो हल्ला चलेपछि महामन्त्री शर्माले झापाबाटै चुनाव लड्ने स्पष्ट पारेका हुन्।

संम्बन्धित समचार

Leave a Reply