पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीको आन्दोलन स्थगित

भाद्र ३, काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीको आन्दोलन स्थगित भएको छ । नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा समायोजनलगायत माग राखी बिहीबारबाट आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

तर, नेपाल आयल निगमका केही सञ्चालक नेपाल बाहिर रहेको र उनीहरु आएपछिको सञ्चालक समिति बैठकबाट आवश्यक निर्णय गर्ने सहमति भएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरिएको हो ।

संम्बन्धित समचार

Leave a Reply