असोजदेखि शुक्रवार शेयर कारोबार नहुने

भाद्र १९, काठमाण्डौ । आउँदो असोजदेखि शुक्रवार शेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्जको आज आइतवार बसेको सञ्चालक समितिको बैठकले असोजदेखि शुक्रवार शेयर कारोबार नगर्ने र हप्ताको पाँच दिनमात्रै बजार खुला रहने निर्णय गरेको हो ।

लगानीकर्ताको माग, नियामक निकायको सुझाव र नेप्सेको कारोबार प्रणालीको मर्मत गर्नुपर्ने भएकाले शुक्रवार सेयर कारोबार बन्द गर्ने निर्णय भएको नेप्सेले जनाएको छ । असोजदेखि पहिलेजस्तै आइतवारदेखि विहीवारसम्म पाँच दिनमात्रै शेयर कारोबार हुने भएको हो ।

संम्बन्धित समचार

Leave a Reply