नेपाल टी–२० लिग विवाद: आईसीसी प्रतिनिधिले राखेप सदस्य सचिवलाई भेट्यो

पौष २१,काठमाडौँ । काठमाण्डौमा चलिरहेको नेपाल टी–२० लिगमा देखिएको विवाद र घटनाक्रमबारे बुझ्न आएको आईसीसी प्रतिनिधिले आज बिहीवार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई भेटेको छ ।

हिजो बुधवार बेलुकी नेपाल आएको आईसीसीको टोलीले आज दिउँसो राखेपका सदस्य सचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेको हो । यसअघि टोलीले विमानस्थलबाट सिधै कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा निरीक्षण गरेको थियो । त्यसपछि सहभागी टोलीका प्रतिनिधिसँग भेट गर्दै आवश्यक रिपोर्ट लिएको थियो ।

टोलीले भेट गर्ने क्रममा प्रतियोगिताको एन्टी करप्सन युनिट (एसयू), अम्पायर र खेलाडीसँग भेट गरेको थियो । यस्तै टोलीले क्रिकेट प्रतियोगिताबारे छानबिन गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग पनि भेटघाट गरेको क्यान स्रोतले जानकारी दियो । नेपाल टी–२० लिगमा खेल मिलेमतो र ‘स्पट फिक्सिङ’ को गतिविधि भएको चर्चा सञ्चारमाध्ययमा आएपछि आईसीसीले दुई सदस्यीय टोलीलाई नेपाल पठाएको थियो ।

विवाद सतहमा आएपछि राखेपले बुधवार सत्य–तथ्य छानबिन गरी १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन कार्यदल गठन गरेको थियो । छानबिन समिति बनाएको जानकारी गराएपछि आईसीसी प्रतिनिधि सहयोग गर्न तयार रहेको राखेप स्रोतले जानकारी दियो ।

संम्बन्धित समचार

Leave a Reply